हिमालयन क्यापिटलको अनलाईन सेवा शुरु

Jun Sun 2020 09:45:44

हिमालयन क्यापिटलको अनलाईन सेवा शुरु

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज लगानी तथा शेयरकारोबार गर्न अनलाईन मार्फत डिम्याट र मेरो शेयर खाता खोल्ने व्यवस्था मिलाएको छ (शेयरको दोस्रो बजारमा कारोबार गर्नु अघि भौतिक रूपले कार्यालयमा उपस्थित हुने शर्तमा) साथै २०७७ असार मसान्तसम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन ।

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै विश्वासका साथ गुणस्तरिय सेवा मार्फत आफ्ना ग्राहक तथा लगानीकर्ताहरुलाई पुंजी बजारमा सवल तथा सुसुचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आईरहेको छ ।