प्रोग्रेशिभको नयाँ निक्षेप योजना, ५० हजार डिपोजिट गर्दा एक लाखको बीमा सुविधा

Jun Mon 2020 10:07:46

634 views

प्रोग्रेशिभको नयाँ निक्षेप योजना, ५० हजार डिपोजिट गर्दा एक लाखको बीमा सुविधा

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सको नयाँ निक्षेप योजना आरोग्य बचत खाता सार्वजनिक भएको छ । हालको कोरोना भाइरस महामारीलाई दृष्टिगत गर्दै यसको जोखिमलाई न्यूनिकरण गर्ने उद्देश्यले यो नयाँ निक्षेप योजना ल्याइएको हो ।

यस अनुसार अब ग्राहकहरुले खोलेको खाताको न्यूनतम मौज्दातको आधारमा १ लाख रुपैयाँसम्मको बीमा सुविधा प्रदान गरिनेछ । साथै, न्यूनतम मौज्दात ५० हजार रुपैयाँ हुनेगरी खाता खोल्ने ग्राहकहरु १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा सुविधाबाट लाभान्वित हुन सक्नेछन् ।

संस्थाको प्रशन्न बचत खाताका ग्राहकहरुलाई समेत उक्त बीमा सुविधा उपलब्ध हुनेछ । ‘एक लाखको मुद्धति खोल्नुस्, एक लाखकै कोरोना बीमा सुविधा पाउनुहोस्’ योजना अनुसार १ लाख रुपैयाँ वा सो भन्दा बढीको न्यूनतम एक वर्षे मुद्धती खाता खोल्ने ग्राहकलाई पनि १ लाख रुपैयाँकै कोभिड-१९ बीमा सुविधा संस्थाले उपलब्ध गराउनेछ ।