आईपीओ भर्न छुट्ला है ! एनआईसी एशियाको आईपीओ असार १० गतेदेखि आयो

Jun Tue 2020 10:04:04

2060 views

आईपीओ भर्न छुट्ला है !  एनआईसी एशियाको आईपीओ असार १० गतेदेखि आयो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपिओ विक्री खुला गर्ने भएको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल कित्तामध्ये कम्पनीले ७४ हजार कित्ता कर्मचारीहरुको लागि छुट्याएको छ भने २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको छ । 

बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता शेयर कम्पनीले असार १० गतेदेखि सर्वसाधारणलाई विक्री गर्न लागेको हो । यो आईपीओ छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।