काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर असार १४ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि स्थगित हकप्रद शेयर निष्कासन गर्ने भएको हो । यस अघि कम्पनीले चैत २० गतेदेखि उक्त हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको थियो ।
लकडाउनका कारण विक्री खुला गर्न नसकेको कम्पनीले असार १ गतेदेखि अवस्था केहि सहज भएकाले विक्री खुला गर्ने तयारी गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर साउन ४ गतेसम्म विक्री गर्न लागेको हो । यस हकप्रदमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि फागुन २२ गते बुक क्लोज गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले तोेके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी हकप्रद पश्चात पनि कायम नहुने भएको छ ।