एनआईसी एशियाको आईपीओमा ३.३६ गुणा बढी आवेदन पर्यो

Jun Sat 2020 08:32:06

2235 views

एनआईसी एशियाको आईपीओमा ३.३६ गुणा बढी आवेदन पर्यो

काठमाडौं । एनआइसी एशिया लघुवित्तको आईपीओमा माग भन्दा ३.३६ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार ३ : ३० बजेसम्म २ लाख ९० हजार आवेदकबाट १ करोड ६२ लाख कित्ताको लागि आवेदन परेको हो । यो आवेदन माग भन्दा १५ करोड ८२ लाख ५६ हजार ८०० कित्ता बढी हो ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले असार १० गतेदेखि आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो । माग भन्दा बढी आवेदन परिसकेकाले निष्कासनको छिटो अवधि असार १४ गनेसम्म मात्र यो आईपीओ विक्री खुला हुनेछ । 

यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि– आस्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यलयहरुबाट आवेदन दिन सक्नेछन् ।