शेयर बजार खुलेकै दिनमा यस्तो उत्साह छायो, नेप्से भने ५० अंकले घट्यो

Jun Mon 2020 07:11:12

904 views

शेयर बजार खुलेकै दिनमा यस्तो उत्साह छायो, नेप्से भने ५० अंकले घट्यो

काठमाडौं। बजार खुलेको सुरुको एक घण्टा सूचक उच्च दरले झरेको थियो। ४८ अंक अर्थात ४ प्रतिशतले घटेपछि २० मिनेट सर्किट ब्रेकर लगाउनु परेको थियो। त्यसपछि खुलेको बजार ५० अंकसम्म  घटेको थियो।  १२.८७ अंक  घटेर बजार बन्द भएको हो। सुचक ११८८ अंकमा रोकिएको छ।

बजार रिभाइभ मूडमा, अचाक्ली खरिदचाप

सोमबार बजारमा ३४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १३० कम्पनीको ४८६२ पटक कारोबार भएको छ।

लगानीकर्ता सम्हालिन थालेपछि बजारको घट्ने अन्तर झर्दै गएको थियो। ५०० अंकभन्दा बढिले घटेको जीवन बीमा सूचक २३७ अंक बढेर बन्द भएको छ। उत्पादनमूलक सूचक १०३ अंक बढेको छ भने अन्य २० अंकले बढेको छ। ब्यापार समूह पनि ३९ अंकले बढेर बन्द भएको छ।

बैंकिङ २५ अंकले घटेको छ। होटल साढे २६, विकास बैंक ६३, जलविद्युत १३ अंकले घटेको छ। निर्जीवन बीमा कम्पनी पनि १०१ अंकले घटेको छ।

बजार उच्च दरले घटिरहँदा पनि नेपाल इन्भेष्टमेन्ट, हिमाल दोलखा हाइड्रो, गुलविल फाइनान्स र नागरिक लगानी कोषको सेयर मूल्य बढेको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक र साधारण दुबै सेयर मूल्य १० प्रतिशत हाराहारी बढेको छ। हिमालयन डिस्टिलरीको पनि करिव १० प्रतिशतले सेयर मूल्य बढेको छ।

सर्वाधिक बढ्नेमा शिवम् सिमेन्ट, गुडविल फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल लाइफ, अरुण कावेली पावर छन्। सर्वाधिक मूल्य घट्नेमा स्वाबलम्बन लघुवित्त, नेपाल  रिइन्स्योरेन्स, आशा लघुवित्त, इन्फिनिटी लघुवित्तलगायत छन्। लघुवित्त सूचक नै ३९ अंकले घटेको छ।

बजारमा शिवम् सिमेन्ट, ग्लोबल आइएमइ बैंक, इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्सको माग बढि थियो।