पुनर्बिमा कम्पनीलाई झट्का, सेयरमूल्यमा पहिरो लाग्यो

Jun Tue 2020 04:45:43

पुनर्बिमा कम्पनीलाई झट्का, सेयरमूल्यमा पहिरो लाग्यो

 शेयर बजार कोरोबारमा आएको पहिलो दिनमै नेपाल पुनर्बिमा कम्पनीको सेयरमूल्यमा पहिरो लागेको छ।

कारोबार भएको ४० मिनेटमै पुनर्बिमा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट देखिएको छ।

कम्पनीको सेयरमूल्यमा ९।९० प्रतिशतको गिरावट आउँदै प्रतिकित्ता ४२ रुपैयाँ घटेको छ। यो गिरावटसँगै अहिले यो कम्पनीको सेयर ३८२ रुपैयाँमा सीमित भई कारोबार भइरहेको छ। यो कम्पनीको सेयर पहिलो दिन नै ४२४ रुपैयाँमा कारोबार सुरु भएको थियो।