सीआइटीको सेयरमा पोजिटिभ सर्किट, एचडिएलको मूल्यमा उछाल

Jun Mon 2020 07:49:29

544 views

सीआइटीको सेयरमा पोजिटिभ सर्किट, एचडिएलको मूल्यमा उछाल

काठमाण्डौ । लामो समयपछि खुलेको बजारमा नागरिक लगानी कोष(सीआइटी)को सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । 

सीइआइटीको सेयर मूल्यमा भने १० प्रतिशत हाराहारीको बढोत्तरी भएपछि पोजिटिभ सर्किट लागेको हो । 

सीआइटीले स्टक डिलर कम्पनीलाई दोश्रो बजारमा भित्र्याउने अन्तिम तयारी गरिरहेको खबरका कारण कम्पनीको मूल्यमा सकारात्मक अवस्था देखिएको हो । 


यसैगरी, हिमालयन डिस्टीलरीको सेयर मूल्य उछालको गतिमा बढ्न थालेको छ । लकडाउनकै अवधिमा समेत मदिरा तथा मदिराजन्य पदार्थको बिक्रीमा खासै गिरावट नआएका कारण यो कम्पनीको आम्दानी तथा नाफामा खासै प्रभाव नपर्ने आँकलनसहित लगानीकर्ताले हिमालयन डिस्टीलरीको सेयर समेत उठाउन थालेका छन् । यहीकारण बजार खुलेको डेढ घण्टाभित्र हिमालयन डिस्टीलरीको मूल्य ८.७१ प्रतिशत अर्थात प्रतिकित्ता १०५ रुपैयाँले बढेर १३१० नजिक पुगेको छ । 

गुड्विल फाइनान्सको मूल्य पनि ६ प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ ।