सेयर बजारमा यसरी उछाल आयो, नेप्से यही गतिले माथि जानेछ

Jun Tue 2020 07:40:34

1021 views

सेयर बजारमा यसरी उछाल आयो, नेप्से यही गतिले माथि जानेछ

लकडाउनपछि खुलेको दोस्रो दिनको शेयर बजारमा उछाल देखिएको छ ।

९८ दिनपछि खुलेको बजारमा सोमबार यू टर्न भएर दोहोरो अंकको गिरावट आए पनि मंगलबारको कारोबारमा उछाल देखिएको छ । मंगलबार शुरुदेखि नै खरिदकर्ताको चाप देखिएसँगै बजार शुरु भएको २ घन्टामा ६.०६ प्रतिशतले बढेर बन्द भएको छ ।

नेप्से सूचक ७२.०५ अंकले बढेर १२६०.७५ बिन्दुमा रोकिएको हो ।  

कारोबारमा बैंकिङ समूह ७३.७२, विकास बैंक ६५.६६, जलविद्युत ३९.७७, निर्जीबन बीमा २९६.१५, उत्पादन तथा प्रशोधन १२२.१७, माइक्रोफाइनान्स ७७.७ र जीवन बीमा समूहको उपसूचक ६३४.९८ अंकले बढेको छ ।

बजारमा एकाएक उछाल आउनको कारण साउनबाट नागरिक लगानी कोषले शुरु गर्न लागेको स्टक डिलर, मार्जिन लोनको सीमा ६५ बाट ७५ पुग्नुलाई नै हेरिएको जानकारहरुको तर्क छ ।

लकडाउनको कारण देशको अर्थतन्त्र तहसनहस भएको समयमा एकाएक बजार बढनुमा यो बाहेक अन्य कुनै कारण बजारका जानकारहरुको तर्क छ ।

मंगलबारको कारोबारमा नागरिक लगानी कोष, एसिइन लाइफ इन्स्योरेन्स, सूर्य लाइफ इन्स्यारेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टको कारोबारमा सर्किट लागेको छ ।

यस दिन उल्लेखित कम्पनीका साथै साल्ट टे«डिङ कर्पोरेशन, विजय लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रिलरी, साना किसान विकास बैंकका लगानीकर्ताले मनग्य कमाएका छन् ।

यस्तै नेपाल पुनर्बीमा कम्पनी, ओरियन्टल होटल, सानिामा इक्विटी, बेस्ट फाइनान्स, एनआईबिएल सम्बृद्धि फण्ड–१ का लगानीकर्ताले गुमाएका छन् ।