भर्न छुट्ला है ! आउँदैछ ३० करोडको आईपीओ असार २५ गतेबाट इन्स्योरेन्स कम्पनीको

Jul Thu 2020 04:21:04

भर्न छुट्ला है ! आउँदैछ ३० करोडको आईपीओ असार २५ गतेबाट  इन्स्योरेन्स कम्पनीको

काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडको ३० करोड रुपैयाँबराबरको आईपीओ यही असार २५ गतेदेखि निष्कासन हुने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित ३० लाख कित्ताबराबरको आईपीओ बिक्री खुलाउने भएको हो। निष्कासित हुने कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।