बैंकास्योरेन्स सेवा पुन: ब्युताउनेबारे राष्ट्र बैंकमा छलफल, मौद्रिक नीतिमार्फत सम्बोधन हुनसक्ने

Jul Fri 2020 08:17:51

884 views

बैंकास्योरेन्स सेवा पुन: ब्युताउनेबारे राष्ट्र बैंकमा छलफल, मौद्रिक नीतिमार्फत सम्बोधन हुनसक्ने

 बैंकास्योरेन्स यस वर्ष मौद्रिक नीतिबाट पुनः खोल्ने सम्बन्धमा राष्ट्र बैंकमा छलफल सुरु भएको छ ।

नेपाल राष्ट्र बैंकका प्रबक्ता गुणकर भट्टले बैंकहरुले बैंकास्योरेन्स खुल्ला गर्नुपर्ने सुझाव पेश गरेको र प्राप्त सुझावमाथि छलफल हुनु केन्द्रीय बैंकको नियमित कार्य भएको बताए । वाणिज्य तथा विकास बैकहरूले यस वर्ष बैंकास्योरेन्स खुल्ला गर्न चर्को लबिङ गरिरहेका छन् भने नयाँ बीमा कम्पनीहरुले समेत खोल्नुपर्ने सुझाव केन्द्रीय बैंकमा बुझाएका छन् । पछिल्लो समय बीमा समितिले समेत अनौपचारिक रुपमा बैंकास्योरेन्स खोल्नुपर्ने भन्दै लबिङ गरेको सूत्रहरुले जनाएको छ ।

बैंकमार्फत बीमा गर्र्दा बीमितको आम्दानी प्रमाणिकरणमा समस्या तथा ऋणीलाई जबरजस्ती बीमा गराएको गुनासो पछि केन्द्रीय बैंकले बैंकास्योरेन्स बन्द गरेको थियो ।