५० रुपैयाँको नयाँ नोट राष्ट्र बैंकले ल्यायो, नोट कसरी चिन्ने ?

Jul Sun 2020 08:00:05

725 views

५० रुपैयाँको नयाँ नोट राष्ट्र बैंकले ल्यायो, नोट कसरी चिन्ने ?

नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।