रुरु जलविद्युत र आइएमई लाइफको आइपीओ आउँदै

Jul Fri 2020 06:47:06

1256 views

रुरु जलविद्युत र आइएमई लाइफको आइपीओ आउँदै

काठमाडौं । रुरु जलविद्युत परियोजनाले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणलाई जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०६ कित्ता शेयर प्रतिकित्ता १२० रुपैयाँ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

परियोजनाको २०७६ भदौ ३० गते सम्पन्न १४ औं वार्षिक साधारण सभाले सर्वसाधारणमा प्रिमियम सहित आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो। 

परियोजनाले स्थानिय र सर्वसाधारणको लागि ८ लाख १५ हजार ४११ कित्ता शेयर जारी गर्न असार २५ गते बोर्डमा आवेदन दिएको छ । त्यसमध्ये परियोजना प्रभावित स्थानियको लागि जारी पूँजीको १० प्रतिशत अर्थात ४ लाख ७ हजार ७०५ कित्ता र सर्वसाधारणको लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस रिटिङ दिएको छ । 

आइएमई लाइफले रु ६० करोडको आइपीओ 

आइएमई लाइफले समेत ६० करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ जारी गरी चुक्तापूँजी बिमा समितिले तोकेबमोजिम २ अर्ब पुर्याउन लागिएको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औसतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।