काठमाडौं । नविल बैंकले युवा पुस्तालाई लक्षित गरेर जेन–एन अकाउन्ट सञ्चालनमा ल्याएको छ । वित्तीय क्षेत्रलाई पूर्ण रुपमा डिजिटल बनाउने अभियान स्वरुप बैंकले सो अकाउन्ट सञ्चालनमा ल्याएको हो ।
बैंकले कोभिडबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न डिजिटल प्रविधिमा जोड दिएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए ।
जेन–एन एकाउन्ट घरमै बसेर कम्युटरबाट जो सुकैले पनि खोल्न सकिन्छ । घरमै बसेर कम्प्युटर वा फोनबाटै खोल्न सकिन्छ । यो बचत खाता हो । यसमा ४ प्रतिशत उच्च ब्याजदर दिइन्छ ।
कसरी खोल्ने जेनएन खाता ?
नबिल बैंकको वेवसाइटमा गएर जेन–एन एकाउन्टमा गएर क्लिक गरिसकेपछि अरु खातामा जस्तै अनलाइन फारम भर्न सकिन्छ । लकडाउनपछि आवश्यक डकुमेन्ट बुझाउन सकिन्छ । लकडाउन पनि खाता खोल्न नयाँ खाता खोल्ने ग्राहकलाई सेवा दिन सकिन्छ । अहिले खाता खोलेर डिपोजिट गर्न सकिन्छ ।
केवाइसी कसरी भर्ने ?
अनलाइनबाट खाता खोल्दा अहिले बैंकले टेम्पोररी केवाइसी भर्न आदेश गर्छ । यो अकाउन्टबाट एक लाखसम्मको कारोबार गर्न सक्ने सुविधा छ । अन्य विवरणका लागि लकडाउनपछि फेरि ग्राहकलाई सम्पर्क गरेर आवश्यक डकुमेन्टहरु बैंकले मगाउने छ ।
आम ग्राहकसम्म नबिल बैंक पुर्याउने अवधारणा अनुरुप यो खाता सञ्चालनमा ल्याएका हौं । जेनएन उकाउन्ट होल्डरहरूले कार्ड लिन चाहेमा नर्मल प्रोसेस हुन्छ, सो प्रोसेस पनि अनलाइनबाटै गर्न सकिन्छ । कार्ड भने सम्बन्धित ब्रान्चमा आएर आफ्नैले पिक अप गर्नुपर्ने हुन्छ ।
सरकार तथा नेपाल राष्ट्र बैंकले परिकल्पना गरेको डिजिटल नेपाल बनाउने रणनीतिलाई सार्थक बनाउन बैंकले यो एकाउन्ट सञ्चालनमा ल्याएको हो ।