सुन हालसम्मकै महंगो, तोलाको ९२ हजार ४ सय पुग्यो

Jul Fri 2020 04:47:28

सुन  हालसम्मकै महंगो, तोलाको ९२ हजार ४ सय पुग्यो

काठमाण्डौ । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। 

गत असार १७ गते सुनको भाउले सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २६५ रुपैयाँ कायम भएको थियो। 

हिजो बुधबार पनि सुनको भाउ तोलामै ६०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ६० रुपयाँ कायम भएको थियो। 

गत मंगलबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ४६० रुपैयाँ कायम भएको थियो।