छ्याङ्दी हाइड्रोपावरको नाफा ७१.६८ प्रतिशत

Jul Fri 2020 06:31:02

छ्याङ्दी हाइड्रोपावरको नाफा ७१.६८ प्रतिशत

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) ले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्ममा ७१.६८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ।

चालु आवको ९ महिना अर्थात चैत मसान्तसम्ममा कम्पनीले खुद नाफा बढाएर १ करोड २२ लाख ५५ हजार ३२१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको चैतसम्ममा ७१ लाख ३८ हजार ६२८ रुपैयाँ आर्जन गरेकोमा चालु आवको यसै अवधिमा ५१ लाख १६ हजार ६९३ रुपैयाँले नाफा बढाएको हो।

गत आवको तेस्रो त्रैमासको तुलनामा सबैजसो खर्च शिर्षकहरुमा कटौती गरेको कम्पनीको विद्युत बिक्री आम्दानी १०.०५ प्रतिशतले वृद्धि भएसँगै कम्पनीको मुनाफा उच्च सुधारिएको छ।

चैतसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ५७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको हो। गत आवको तेस्रो त्रैमासम्ममा ४ करोड १५ लाख ६१ हजार रुपैयाँ आम्दानी गरेकोमा ४१ लाख ७८ हजार रुपैयाँले वृद्धि गरेको हो।