सञ्जिव सुब्बालाई नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

Jul Fri 2020 09:35:04

1398 views

सञ्जिव सुब्बालाई नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सञ्जिब सुब्बाले पाएका छन् । सुब्बाले बिहीबारदेखि नै कार्यभार सम्हाली सकेका छन् । 

नेसनल बैंकिङ इन्स्टिच्यूट (एनबीआइ) का प्रमूख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका सुब्बा तत्कालीन ग्रिनलेज बैंकमा आफ्नो व्यावसयीक जिवन सुरु गरेका हुन । सुब्बासंग करिब १० वर्षको बैंकिङ क्षेत्रको अनुभव रहेको छ ।

बैंकिङको अनुभव संगै थाइल्याण्ड स्थित अमेरिकी वेवस्टर विश्वाविद्यालयको कार्यकारी निर्देशकको रुपमा १० वर्ष विताएका सुब्बा एनविआई स्थापना देखि नै नेतृत्वको जिम्मेबारी सम्हाल्दै आएका थिए ।

शैक्षिक रुपमा व्यावसायीक प्रसासनमा स्नकोत्तर गरेका सुब्बाले एक्जुकेटीभ एडुकेसन प्रोग्राममा स्ट्याण्डफर्ड युनिभर्सिटीवाट स्नातक गरेका छन्। अन्तर्राष्ट्रिय वित्त निगम मार्फत संस्थागत सुसानमा मास्टर ट्रेनरको रुपमा प्रमाणपत्र हासिल गरेका सुब्बाले नेपाली बैंकिङ क्षेत्रले प्रविधिको सुरक्षाका लागी लगानी गर्न आवश्यक रहेको बताउँछन् ।