साधना लघुवित्तको आईपीओमा १० हजार ३१ जनाको आवेदन रद्द, ३ लाख ९२ हजार बढीले शेयर नपाउने पक्का

Jul Sat 2020 10:09:00

3009 views

साधना लघुवित्तको आईपीओमा १० हजार ३१ जनाको आवेदन रद्द, ३ लाख ९२ हजार बढीले शेयर नपाउने पक्का

साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा ४ लाख ५८ हजार ६  सय ४३ जनाले आवेदन दिएका छन्  

१ करोड १२ लाख ५९ हजार ८  सय ५० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये १० हजार ३१ जनाको आवेदन रद्द भएको छ  । कम्पनीको आईपिओ गोलाप्रथाबाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकोले आवेदन दिएका मध्ये ३ लाख ९२ हजार ४ सय ९१ आवेदक हात खाली हुने छन् । 

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको हो । जस मध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्  । 

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ  । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ ।