एनआरएन लघुवित्तले चारवटा लघुवित्त गाँभेर एकीकृत कारोबार शुरु

Jul Sun 2020 03:52:14

एनआरएन लघुवित्तले चारवटा लघुवित्त गाँभेर एकीकृत कारोबार शुरु

एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेर असार २९ गतेदेखि एकिकृत कारोबार थाल्ने भएको छ।

लघुवित्त कम्पनीहरुको मर्जर प्रकृया सकिएपश्चात सुोमबारदेखि एकिकृत कारोबार शुरु गर्न लागेको हो। लघुवित्त कम्पनीहरुले नेपाल राष्ट्र बैंक र कम्पनी रजिस्ट्रारको कार्यालयबाट एक्वीजिसनमा जान समहति पाइसकेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत नरहेको एनआरएन लघुवित्तले यसअघि क्रिएटिभ र रामारोशन लघुवित्तलाई आफूमा समाहित गरेर गत भदौदेखि एकीकृत कारोबार सुरु गरिसकेको छ ।