अब बैंकहरूले ब्याजदर आफैं निर्धारण गर्न सक्ने, निक्षेपको ब्याजदर २ प्रतिशतसम्म घट्दै

Jul Mon 2020 08:18:52

1462 views

अब बैंकहरूले ब्याजदर आफैं निर्धारण गर्न सक्ने, निक्षेपको ब्याजदर २ प्रतिशतसम्म घट्दै

काठमाडौं ।  नेपाल बैकर्स संघमा भएको छलफलमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृहरूले बैंकहरूले निक्षेपको ब्याजदर आफै निर्धारण गर्न पाउने निर्णय गरेका छन् । जसबाट बैंकको निक्षेपको ब्याजदर साउन १ गतेबाट घट्ने देखिएकाो छ । 

संघको यो निर्णयसँगै दुई वर्षदेखि निक्षेपको ब्याज दरमा गरिएको भद्र सहमति खारेज भएको छ ।   अब बैंकहरूले आफ्नो अनुकूलताअनुसार साउन १ गतेबाट नयाँ ब्याज दर निर्धारण गर्न सक्नेछन् । 

बैंकरहरुले तरलता बढी भएको भन्दै ब्याज दर घटाउनु पर्ने धारणा राख्दै आएका थिए । संघले सर्वसाधारण निक्षेपकर्तालाई मार नपर्ने गरी ब्याज घटाउन बैंकहरुलाई नै छाडिदिएको हो ।  संघमा भएको छलफलमा बैंकर्सहरूबीच मूल्यवृद्धिलाई ध्यानमा राखेर ब्याज निर्धारण गर्न सझाइएको छ ।

अहिले करिबसाढे ६ प्रतिशतको मूल्यवृद्धि रहेको छ । यसो हुँदा बैंकहरूले मुद्दती निक्षेपको ब्याज दर साढे ६ प्रतिशतको हाराहारीमा राख्नुपर्ने हुन्छ । बचतको ब्याज दर त्यो भन्दा तल अर्थात ४ प्रतिशतको हाराहारीमा राख्नुपर्ने हुन्छ । मुद्दती र बचत खाताबीच दुई प्रतिशत बिन्दुसम्मले मात्र ब्याज अन्तर हुनुपर्ने व्यवस्थाका कारण बचतको न्यूनतम ब्याज २ प्रतिशतमा  झर्ने सकिन्छ ।