सनराइजका बैंकको डिजिटल उद्घाटन समारोह मार्फत ४ शाखा र १ थप काउन्टर सञ्चालनमा

Jul Tue 2020 07:36:06

662 views

सनराइजका बैंकको  डिजिटल उद्घाटन समारोह मार्फत  ४ शाखा र १ थप काउन्टर सञ्चालनमा

काठमाडौं । सनराइज बैंकले चारवटा शाखा र थप एक काउन्टरको सञ्चालनमा ल्याएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेर सञ्चालनमा ल्याएका हुन्।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं बन्दाबन्दीलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याएको ब्यांकले जनाएको छ।

ब्यांकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धिमा विस्तारित काउन्टर शुरु गरेको हो ।