पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित ३ जनालाई सफाइ

Jul Tue 2020 07:40:19

703 views

पोलिमर नोट प्रकरणमा पूर्व गभर्नर तिलक रावलसहित ३ जनालाई सफाइ

काठमाडौँ । पोलिमर नोट छपाइ घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित ३ जना आरोपीले सफाई पाएका छन् । विशेष अदालतले मंगलबार फैसला गर्दै उनीहरुलाई सफाई दिएको हो । अदालतले शान्ति सिंह थापा र शिवराज अधिकारी‚ बालेन्द्र रूपाखेतीको इजलासले रावलसहित ३ जनालाई सफाइ दिने फैसला गरेको हो । 

रावलसँगै राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडे पनि सफाइ पाएका छन् ।