अबदेखि एटीएमबाट पैसा निकाल्दा शुल्क तिर्नुपर्ने

Jul Wed 2020 10:15:39

635 views

अबदेखि  एटीएमबाट पैसा निकाल्दा शुल्क तिर्नुपर्ने

काठमाडौं । साउन १ गतेदेखि अन्तर बैंकका एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । यसअघि गरिएको जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था बिहीबारबाट हट्ने भएको हो । 

नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा विज्ञप्ति निकालेर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने वा नलिने निर्णय सम्बन्धित् बैंक तथा वित्तिय संस्थाले लिन सकिने जनाएकोे हो ।

अबदेखि इन्टरनेट बैंकिङबाट कारोबार गर्दा समेत लाग्ने शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने सक्ने भएको छ ।