नबिल बैंकले ७.९९ प्रतिशतमा घर कर्जा योजना ल्यायो

Jul Thu 2020 06:57:43

710 views

नबिल बैंकले ७.९९ प्रतिशतमा घर कर्जा योजना ल्यायो

काठमाडौं । नबिल बैंकले३६औं वार्षिकोत्सवको अवसरमा  घर बनाउनका लागि ७.९९ प्रतिशतमा ऋण दिने भएको छ । बैंकले ३६औं वार्षिकोत्सवको अवसरमा घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट र साना तथा मझौला कर्जामा विशेष छुट अफर ल्याएको हो ।

जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ।बैंकले सीमित समयका लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडि बढाउन सकिने जानकारी दिएको छ ।