केन्द्रीय बैंकले अघिल्लो आर्थिक वर्षको वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र लाभांश बाँड्नसक्ने व्यवस्था गरिएको छ । तर, चुक्तापूँजीको ५ प्रतिशत वा सोभन्दा कम वितरणयोग्य मुनाफा आर्जन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा रोक लगाइएको छ ।
यस्तै, राष्टबैंकले कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने समयसीमालाई बढाएर ०७९ असारसम्म पुर्याइएको छ ।
काठमाण्डौ । नेपाल राष्टबैंकले ०७८ असार मसान्तसम्मका लागि बैंकहरुको सीसीडी रेसियो ८५ प्रतिशत पुर्याएको छ ।
हालसम्म सीसीडी अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो । यसलाई बढाएर ८५ प्रतिशत पुर्याइएको हो । तर, यो व्यवस्था ०७८ असार मसान्तसम्म मात्र कायम हुनेछ ।