७२ अंकले बढेर शेयर बजार १४ अंक घट्यो, करीब तीन अर्बको कारोबार

Jul Mon 2020 06:20:47

676 views

७२ अंकले बढेर शेयर बजार १४ अंक घट्यो, करीब तीन अर्बको कारोबार

काठमाडौं ।  शेयर बजारमा कारोबारको एक घण्टा अगावै दुई पटकसम्म सकारात्मक सर्किट लागेर थियो । बजार खुलेको एक मिनेटभित्रै पहिलो ४ प्रतिशतको सर्किट लागेको बजारमा ११ बजेर २१ मिनेटमा ५ प्रतिशत बढेर दोस्रो सर्किट लागेको थियो ।

उतारचढाबका विच बन्द भएको बजारमा रू. २ अर्ब ८० करोड २२ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको छ । 

कुल कारोबार रकमको सबैभन्दा बढी हिस्सा एनएमबी बैंकले ओगटेको छ । एनएमबि बैंकको सोमवार रू. २० करोड १४ लाख ९९ हजार बराबरको कारोबार भएको हो ।

एनएमबि पछि दोस्रोमा नेपाल पुनर्बीमा कम्नपीको शेयर कारोबार भएको छ । यस कम्पनीको रू. १७ करोड ६३ लाख ८२ हजार बराबरको शेयर कारोबार भएको हो ।

यस दिन युनाइटेड फाइनान्स, एनआईसी एशिया लघुवित्त र स्पर्श लघुवित्तको शेयरमूल्य सबैभन्दा बढीले बृद्धि भएको छ । युनाइटेड फाइनान्सको ९ दशमलव ९४ प्रतिशत बृद्धि भई रू. १८८ , एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९० प्रतिशत बृद्धि भई रू. ६८८ र स्पर्श लघुवित्तको ९ दशमलव ८० प्रतिशत बृद्धि भई रू. १ हजार ८ कायम भएको छ ।

बढेर पनि घटेको सोमवारको बजारमा गुराँस लघुवित्तका शेयरधनीहरुले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत अर्थात रू. १०१ ले घटेर रू. ९११ कायम भएको छ ।

बजार अन्तिम समयमा कारोबारमा आएका १२ समूहमध्य बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९२ प्रतिशत, वित्त समूहको शून्य दशमलव १७ प्रतिशत र म्यूचुअल फण्ड समूहको शून्य दशमलव ११ प्रतिशत परिसूचक बढेको छ ।