सुनको मूल्य १ लाख २५ हजारसम्म पुग्ने, तोलाको ९४ हजार ५ सय रुपैयाँ

Jul Thu 2020 10:28:25

572 views

सुनको मूल्य  १ लाख २५ हजारसम्म पुग्ने, तोलाको ९४ हजार ५ सय रुपैयाँ

सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार ५ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलाको १० रुपैयाँले बढेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव हो । अझ त्यसमा पनि पछिल्लो समय चीन र अष्ट्रेलियाबीचको बिवादले काम गरेको छ । अर्को अमेरिकी सरकारले कोरोनाको त्रासले आफ्ना नागरिकलाई घरमै बस्न लगाएर पनि दैनिकी चलाउन पैसाको अभाव हुन नदिएकाले त्यसको प्रभाव सुनमा परेको हो ।

त्यस्तै व्यवसायीहरु अहिले कोरोनाका कारण नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित देखिँदैनन्। व्यवसायीले अहिले सुनमै आफ्नो लगानी सुरक्षित गर्न केन्द्रित भएकाले माग बढेको बताइन्छ ।

जानकारहरुले सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार रुपैयाँ सम्म पुग्ने अनुमान गरेको छ । त्यसो हुदा नेपालमा सुन तोलाको १ लाख २५ हजार रुपैयाँ सम्म पुग्ने पूर्वअध्यक्ष शाक्यले बताए । अवको दुई तीन महिना भित्रमा सुनले उक्त लक्ष्य भेट्टाउने अनुमान छ ।