७ वटा वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ? हेर्नुहोस्

Jul Fri 2020 06:07:43

1147 views

७ वटा वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति ? हेर्नुहोस्

काठमाडौं । नयाँ आर्थिक वर्ष लागेसँगै ७ वटा वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।

नयाँ आर्थिक वर्ष लागेसँगै व्याजदर सार्वजनिक गर्ने बैंकहरुमा ग्लोबल आइएमई, एभरेष्ट, बैंक अफ काठमाण्डू, प्राइम, सनराइज, एनसीसी र लक्ष्मी बैंक छन् ।

नयाँ व्याजदरमा केही बैंकले व्याज घटाएको जानकारी दिएका छन् । अहिले प्रकाशित भएका नयाँ व्याजदरमा निक्षेपमा सबैभन्दा बढी व्याज दिने सुचना प्राइम बैंकको छ ।

प्राइमले बचत खातामा साढे ५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । मुद्दति निक्षेपमा भने ८.२५ प्रतिशतसम्म व्याज दिने सुचनामा उल्लेख छ । कर्जामा भने आधार दर (बेस रेट) मा ४ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याजदर तय गरिने बैंकले उल्लेख गरेको छ । प्राइम बैंकको आधार दर ९.८५ छ ।

एनसीसी बैंकले सबै प्रकारका बचत निक्षेपमा ५ प्रतिशत व्याज दिने सुचना सार्वजनिक गरेको छ । मुद्दति खातामा भने ८.२५ प्रतिशतसम्म व्याज दिने एनसीसी बैंकले जानकारी दिएको छ ।

एनसीसी बैंकबाट ऋण लिदा कर्जामा भने उसको आधार दरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर व्याज तिर्नुपर्छ । उसको आधार दर १०.३६ प्रतिशत छ ।

लक्ष्मी बैंकले बचत खातामा ४ देखि ४.५ प्रतिशतसम्म व्याज दिने भएको छ । यस्तै, मुद्दति निक्षेपमा भने ७.२५ देखि ७.७५ प्रतिशतसम्म व्याज दिनेछ । लक्ष्मी बैंकले कर्जाको व्याज भने आधार दरमा २ देखि ५ प्रतिशत प्रिमियम थप गरेर लिने जानकारी गराएको छ । सो बैंकको आधार दर ९.२३ प्रतिशत छ ।

सनराइज बैंकले बचतमा साढे २ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिने गरी नयाँ सुचना सार्वजनिक गरेको छ । मुद्दति निक्षेपमा भने ७.५ प्रतिशतसम्म व्याज दिने सुचनामा उल्लेख छ । सो बैंकबाट कर्जा लिदा भने आधार दरमा ५ प्रतिशतको हाराहारीमा प्रिमियम तिर्नुपर्छ । सनराइज बैंकको आधार दर ८.९५ प्रतिशत छ ।

बैंक अफ काठमाण्डूले बचत खातामा ३ देखि ४.५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । मुद्दति निक्षेपमा भने ७.२५ प्रतिशतसम्म व्याज दिइनेछ । सो बैंकबाट कर्जा लिँदा आधारमा ५ प्रतिशतसम्म प्रिमियम थप तिर्नुपर्छ । बैंक अफ काठमाण्डूको आधार दर अहिले ८.९१ प्रतिशत छ ।

एभरेष्ट बैंकले बचत खातामा ३.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म व्याज दिने भएको छ । सो बैंकले मुद्दति निक्षेपमा भने ६.५ प्रतिशतसम्म व्याज दिनेछ । एभरेष्ट बैंकबाट कर्जा लिदा भने आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर तिर्नुपर्छ । अहिले एभरेष्ट बैंकको आधार दर ७.९५ प्रतिशत छ ।

ग्लोबल आइएमई बैंकले बचत निक्षेपमा ३ देखि ५ प्रतिशतसम्म व्याज दिने सुचना प्रकाशित गरेको छ । यस्तै, मुद्दति निक्षेपमा भने ७.७५ प्रतिशतसम्म दिने बैंकले जानकारी गराएको छ । ग्लोबल आइएमई बैंकबाट कर्जा लिदा भने आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर तिर्नुपर्छ । अहिले सो बैंकको आधार दर ९.४१ प्रतिशत छ ।