उच्च प्रतिफल दिन्छ, एनआरएन इन्फ्रास्ट्रक्चरको आइपीओमा लगानी गर्नुस् - सीईओ, उषा खतिवडा

Jul Fri 2020 04:37:32

उच्च प्रतिफल दिन्छ, एनआरएन इन्फ्रास्ट्रक्चरको आइपीओमा  लगानी गर्नुस् - सीईओ, उषा खतिवडा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले साधारण शेयर IPO मा  निश्कासन गर्न लागेको छ । यस कम्पनीको आइपीओ लगानी सुनिश्चित रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उषा खतिवडाले बताएकी छिन्।  

हालसम्मको सबै लगानी गैरआवासीय नेपालीहरुको रहेको छ ।

सात वर्षको अन्तरालमा  लगानीकर्ताहरुलाई ७.३९ प्रतिशत बोनस सेयर तथा लाभांश दिइसकेको छ।

अहिलेसम्म ७ सय ९५ जना लगानीकर्ता आवद्द रहनुभएको छ ।एनआरएन इन्फ्रास्ट्रक्चरको पहिलो प्रोजेक्ट लमजुङको दोर्दी खोल जलविद्युत आयोजना (२७‍.१ मेवा) मा रहेको छ। यो आयोजनामा कम्पनीको ५१ प्रतिशत प्रमोटर सेयर रहेको छ । ४९ प्रतिशत आइएमई ग्रुपले लगानी गरेको छ। यो परियोजना २०७७ साल मंसिर महिनामा निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ ।

अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । यसका अतिरिक्त लिखु जलविद्युत आयोजना, (२८‍.१ मेवा), मिडिल तमोर हाइड्रोपावर प्रोजेक्ट (७३ मेवा), माथिल्लो मैलुङ्ग खोला जलविद्युत आयोजना (१४.३ मेवा)  लगायतका आयोजनाहरुमा कम्पनीको लगानी रहेको छ ।

अहिले यस कम्पनीले हाइड्रोपावर क्षेत्रमा लगानी गरेको छ । विस्तारै हामी अन्य क्षेत्रमा पनि लगानी गर्छौं। आगामी दिनमा राष्ट्रिय गौरवका योजनाहरुमा लगानी गर्दै जाने योजना छ । धेरै गैरआवासीय नेपालीहरुले यसमा लगानी गर्नु भएको छ । 

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रूपैयाँ र जारी पुँजी १ अर्ब १३ करोड २६ लाख रूपैयाँ रहेको छ । जारी पुँजीमध्ये संस्थापक समूहको ७० प्रतिशत अर्थात् ७९ करोड २८ लाख ७७ हजार ५ सय रुपैयाँ चुक्ता भैसकेको छ । सर्वसाधारण समूहमा बिक्रीका लागि राखिएको ३० प्रतिशत रकम अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सेयर साउन १६ गतेदेखि छिटोमा साउन २१ गतेसम्म सर्वसाधारणको बिक्रीका लागि खुला गरिनेछ ।

उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको ३३ करोड ९८ लाख ४ हजार ६ सय सेयर पूँजी बराबरको १ सय अंकित दरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयरहरु सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०७६ फागुन ४ गते स्वीकृत पाएको छ ।

समग्रमा कम्पनीले गरेको लगानी सुरक्षित छन् । कम्पनी राम्रो ट्रयाकमा रहेको छ। आगामी दिनमा पनि निकै सोचेर मात्रै कम्पनीले लगानी बढाउँदै लानेछ । यो कम्पनीको हिस्सेदार बन्न पाउनु सर्वसाधारणका लागि पनि एउटा राम्रो अवसर हो । प्रतिफल पक्का भएकाले लगानीकर्ताहरुलाई ढुक्क भएर लगानीका लागि कम्पनीको तर्फबाट सिइओ उषा खतिवडाले अपील समेत गरेकी छिन् ।