Jul Mon 2020 10:14:07
512 views
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतसम्म नगद लाभांश वितरण गर्न पाउने भएका छन् । गत आवको वितरण योग्य मुनाफाबाट ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था राष्ट्र बैंकको नयाँ मौद्रिक नीतिले गरेको हो ।
त्यस्तै खुद वितरणयोग्य मुनाफा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएमा इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांस वितरण गर्न पाउने छैन । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार जारी गरेको एकीकृत निर्देशिकाले गत वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई नगद लाभांशभन्दा बोनस शेयर दिनुपर्ने भएको छ ।