काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा ब्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्नसक्ने गरी सहमति भएको छ।
उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका थिए।
भुक्तानी गर्न ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपछि गभरमेन्ट पेमेन्टअन्तर्गत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरेर भुक्तानी प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ।