लघुवित्तले पनि ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाड्न नपाउने

Jul Tue 2020 07:33:04

512 views

लघुवित्तले पनि ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाड्न नपाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरूले पनि ३० प्रतिशतभन्दा बढी नगद लाभांश बाड्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिपछि जारी गरेको निर्देशिकाले आर्थिक वर्ष २०७६/७७ मा लघुवित्त वित्तीय संस्थाले गरेको वितरणयोग्य नाफाबाट ३० प्रतिशतमात्र नगद लाभांस बिक्री गर्न पाउने व्यवस्था गरेको हो । यसरी लाभांश वितरण गर्दा गत आवको बचत÷निक्षेपको भारित औसत ब्याजदरभन्दा बढी वितरण गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो । 

चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम वितरण योग्य नाफा कमाएका लघुवित्तले कर प्रयोजनका लागि वाहेक नगद लाभांश बाड्न पाउने छैनन् ।