सुन तोलाको झण्डै एक लाख पुग्यो, तोलाको १ लाख २५ हजारसम्म पुग्ने संकेत

Jul Wed 2020 06:34:30

766 views

सुन तोलाको  झण्डै एक लाख पुग्यो, तोलाको १ लाख २५ हजारसम्म पुग्ने संकेत

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामै ९८ हजार पाँच सय रुपैयाँ पुुगेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो ।

नेपालमा सुनको मूल्य बढ्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव हो । अझ त्यसमा पनि पछिल्लो समय चीन र अष्ट्रेलियाबीचको बिवादले काम गरेको छ । अर्को अमेरिकी सरकारले कोरोनाको त्रासले आफ्ना नागरिकलाई घरमै बस्न लगाएर पनि दैनिकी चलाउन पैसाको अभाव हुन नदिएकाले त्यसको प्रभाव सुनमा परेको हो ।

त्यस्तै व्यवसायीहरु अहिले कोरोनाका कारण नयाँ क्षेत्रमा लगानी गर्न उत्साहित देखिँदैनन्। व्यवसायीले अहिले सुनमै आफ्नो लगानी सुरक्षित गर्न केन्द्रित भएकाले माग बढेको बताइन्छ ।

जानकारहरुले सुनको मूल्य अझै बढ्ने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार रुपैयाँ सम्म पुग्ने अनुमान गरेको छ । त्यसो हुदा नेपालमा सुन तोलाको १ लाख २५ हजार रुपैयाँ सम्म पुग्ने पूर्वअध्यक्ष शाक्यले बताए ।