काठमाडौं। कोरोना भाइरसको माहामारीले देशव्यापाी मात्रै हैन। विश्वकै अर्थतन्त्रमा ठूलो असर पारिरहेको छ। आर्थिक घाटाबाट उम्कनका लागि केन्द्रिय बैंकहरुले विभिन्न किसिमको योजनाहरु बनाएर अघि बढ्न खोजिरहेका छन्।
कोरोना क्राइसिसको संकटमा प्रविधि क्षेत्रले भने उल्लेख्य योगदान दिएको छ। मानिसहरुले आफ्ना धेरै जसो कामहरु डिजिटल रुपमा गर्न थालिसकेका छन्। यसले कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न निकै नै सहयोग गरेको छ। कोरोना भाइरसको संक्रमण कम गर्नका लागि विभिन्न किसिमका मोबाइल एपहरु समेत तयार गरिएका छन्।
कोरोना क्राइसिसको संकटमा प्रविधि क्षेत्रले भने उल्लेख्य योगदान दिएको छ। मानिसहरुले आफ्ना धेरै जसो कामहरु डिजिटल रुपमा गर्न थालिसकेका छन्। यसले कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न निकै नै सहयोग गरेको छ। कोरोना भाइरसको संक्रमण कम गर्नका लागि विभिन्न किसिमका मोबाइल एपहरु समेत तयार गरिएका छन्।
पछिल्लो समय लगानीकर्ताहरु छोटो समयमा उच्च फाइदा हुने कम्पनी भन्दा जलवायु परिवर्तन, मानव अधिकार, न्यायिक क्षेत्रमा लगानी गर्न इच्छुक भएका छन्।
अमेरिकामा मिलेनियल (सन् १९९१ देखि सन् १९९६मा जन्मेका मानिसहरु) लगानीकर्ताहरु अन्य लगानीकर्ता भन्दा दोब्बर रहेको एक सर्वेक्षणले खुलाएको छ।
ती सबै लगानीकर्ताहरुले आफ्नो लगानी वातावरणिय र जलवायु परिवर्तका क्षेत्रमा गर्ने र गरिरहको बताएका छन्। बाँकी केहीले गरिबी उन्मुलनका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन्।
मिलेनियल मात्रै हैन् ७५ प्रतिशत सबै लगानीकर्ताहरुले ईएसजीका क्षेत्रमा नै लगानी गर्नमा आफुहरु अग्रसर रहेको बताउँछन्। यसको अर्थ के हो भने अहिले अमेरिकी सेयर बजारमा भएको सबै लगानी जुनसुकै क्षेत्रमा भइरहेको छैन्। जलवायु परिवर्तन, वातावरिणय संरक्षण एवं सामाजिक विकासलाई मध्यनजर गरिरहेका कम्पनीहरुमा मानिसहरुले लगानी गरिरहेका छन्।
पहिला जस्तो नाफादायिक कम्पनी नहेरेर दिर्घकालिन फाइदा मिल्ने र जस्तैकी वातावरणिय संरक्षण, जलवायु परिवर्तन रोक्न र सामाजिक विकासका लागि काम गर्छन् ती कम्पनीहरुमा मात्रै लगानी भइरहेको छ।
यसै कारणले सन् २०१८ सम्म ईएसजीका क्षेत्रमा भएको लगानी ३० ट्रिलियन डलर पुगिसकेको छ। अबको २० वर्षमा यो क्षेत्रमा ५० ट्रिलियन डलरभन्दा बढी लगानी हुने आंकलन गरिएको छ।
यसबीच कोरोना भाइरसको माहामारीले लगानीकर्ताहरुलाई ईएसजीका क्षेत्रमै मात्र लगानी बढाउनका लागि झनै ठूलो पाठ सिकाएको बजार विशेषज्ञहरु बताउँछन्। यसको एउटा उदाहरण बनेको छ। फेसड्राइभ।
क्यानेडियन राईडसेयरिंग कम्पनी फेसड्राइभले इको फ्रेन्डिली भेकलको प्रयोग गरेर यातायातको सुविधा दिने गर्छ। इको फ्रेन्डीली भेकल भन्नाले वातावरण प्रदुषण नगर्ने इन्जिनको प्रयोग भएका सवारी साधान हुन्। फेसड्राइभले नेपालमा पठाओ र टुटल जस्तै राइडसेयरको सुविधा मात्रै हैन खाना एवं अन्य समानहरु समेत डेलिभर गर्ने काम गर्छ।
जलवायु परिवर्तको चरम संकटमा पृथ्वी रहेका बेला मानिसहरुले अब यातायातका लागि मात्रै हैन खाना एवं आवश्यक समाग्री डेलिभर गर्नका लागि पनि अन्य कम्पनी भन्दा पनि फेसड्राइभलाई नै प्रयोग गरिरहेका छन्।