यसरी मिल्दैछ इन्भेष्टमेन्ट र सिटिजन्स बैंकको मर्जर

Aug Mon 2020 09:07:10

3793 views

यसरी मिल्दैछ इन्भेष्टमेन्ट र सिटिजन्स बैंकको मर्जर

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटिजन्स बैंक इन्टरनेशनललाई प्राप्तिको योजना बनाएको खबर पछिल्लो खबर बजारमा आएको छ । 

मर्जरका लागि हिमालयन बैंकसँग लामो समयसम्म कसरत भए अहिलेसम्म कुनै टुंगो लाग्न नसकेपछि इन्भेष्टमेन्टले मर्जको प्राथमिकतामा सिटिजन्स बैंकलाई लिएको हो । 

हिमालयन बैंकसँग मर्जरमा जाँदा भने इन्भेष्टमेन्ट बैंकका सीइओ र अध्यक्षबाट ब्याक हुनुपर्ने कारणले थप प्रयास हुन नसकेको बुझिएको छ । 

इन्भेष्टमेन्ट बैंकका एक संचालककाअनुसार दुवै बैंकका अध्यक्षबीच यो विषयमा एकचरणको कुरा भए पनि बाँकी प्रक्रिया भने अगाडि बढिसकेको छैन । तर, यदि दुई अध्यक्षले मात्रै पनि सहमति जनाउने हो भने यी दुई बैंक मिल्न कुनै समय नलाग्ने स्रोतहरु बताउँछन् ।

सिटिजन्स बैंकले पनि यदि नेपाल इन्भेष्टमेन्ट बैंकले १ः१ को स्वाप मूल्य दिए मर्जरमा जान तयार रहेको जनाएको छ ।