Aug Tue 2020 08:21:07
1109 views
काठमाण्डौ । राष्ट्रबैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई समेत हकप्रद सेयर जारी गर्न रोक लगाउने भएको छ ।
बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले आफूखुशी हकप्रद जारी गर्न नपाउने र पूँजी वृद्धिको उद्देश्यले हकप्रद जारी गर्ने प्रवृतिलाई समेत अब रोकिने प्रष्ट पारे ।
मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर जारी गर्ने क्रममा यसअघि राष्ट्रबैंकले लघुवित्त संस्थाहरुलाई हकप्रद जारी गरी पूँजी बढाउन रोक लगाइएको प्रष्ट पारेको थियो ।
राष्ट्रबैंकले अब हकप्रदलाई रोकेर मर्जर वा एक्वीजिसनलाई प्राथमिकता दिएको जनाएको छ ।