सनराइज बैंकले २४ घण्टामै १ करोडसम्मको एसएमइ कर्जा दिने

Aug Sat 2020 12:51:17

820 views

सनराइज बैंकले २४ घण्टामै १ करोडसम्मको एसएमइ  कर्जा दिने

काठमाडौं । सनराइजबैंकले सस्तो ब्याजदरमा २४ घण्टामै १ करोड रुपैयाँ एसएमई कर्जा दिने घोषणा गरेको छ । बैंकले “सनराइज सरल एस.एम.ई कर्जा” नामक कर्जा ९.९५५ वार्षिक ब्याज दरमा दिने भएको हो ।

आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढङ्गले तत्कालै कर्जा उपलब्ध गराउने उद्वेश्यले सो योजना ल्याएको बैंकले जनाएको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ कार्य घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ । जसअन्र्तगत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याजदरमा ग्राहकले प्राप्त गर्न सक्नेछन् ।

यो सुविधा बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्नेछन् ।