बैंकका कर्मचारीले परिचयपत्र मात्रै होइन, पास नै देखाउनुपर्छ - ट्राफिक प्रहरी, कर्मचारीलाई सास्ती मात्र

Aug Sun 2020 07:11:30

741 views

बैंकका कर्मचारीले परिचयपत्र मात्रै होइन, पास नै देखाउनुपर्छ - ट्राफिक प्रहरी,  कर्मचारीलाई सास्ती मात्र

काठमाडौं । सरकारले जारी गरेको जोर–बिजोर प्रणाली कस कसलाई लागु हुन्छ भन्नेमा दुबिधा छैन । अत्यावश्यक सेवाका क्षेत्र बाहेक सबैलाई  सवारीमा जोर–बिजोर प्रणाली लागु हुन्छ । अत्यावश्यक क्षेत्रमा बैङ्क तथा बित्तिय क्षेत्र पनि पर्दछन् तर अहिले बैंक तथा बित्तिय क्षेत्रका कर्मचारीहरुलाई जोर–बिजोर सवारीको नियम लागु हुन्छ कि हुँदैन भन्ने अन्योल देखिन्छ । 

सरकारले बैङ्क तथा बित्तिय क्षेत्रलाई अत्यावश्यक सेवा क्षेत्र भनि राखेको छ । तर, बैङ्कका कर्मचारीहरुले कार्यालय र घरमा आवत–जावत गर्ने क्रममा परिचयपत्र देखाउँदा पनि ट्राफिक प्रहरीबाट अनावश्यक रोकावटको सास्ती खेप्नुपरेको सर्वत्र गुनासो देखिएको छ

ट्राफिक प्रहरीको भनाइ छ भने बैङ्कको परिचयपत्र मात्रै देखाएर पुग्दैन, सवारी पास नै देखाउनुपर्छ । 

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक एसपी बामदेव गौतमले केही कर्मचारीहरु जोर–बिजोर नम्बरको नियम विपरित मोटरसाइकलमा हिँडेका र कार्यालय नै हिँडेको भन्ने पुष्टि हुन नसकेका कारण रोक्ने गरिएको प्रष्ट रुपमा बताएका छन् ।

प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले कानून बनाउने निकायमा समन्वय गरेर पास बनाएर मात्र हिड्न बैङ्कका कर्मचारीहरुलाई ट्राफिक प्रहरीको सुझाव छ ।