बीओकेको लिलामी सेयर भदौ १ गतेबाट, सर्वसाधारणले पनि भर्न पाउने

Aug Mon 2020 09:28:34

1431 views

बीओकेको लिलामी  सेयर भदौ १ गतेबाट,  सर्वसाधारणले पनि भर्न पाउने

काठमाडौं । बैंक अफ काठमान्डूले भदौ १ गतेबाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्री गर्न लागेको भन्दै सार्वजनिक सूचना जारी गरेको छ । 

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । भदौ ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन भदौ ९ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।