एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड हुदै, कसले कति कित्ता पाउने भए हेर्नुहोस् पूरा समाचार

Aug Mon 2020 09:50:17

877 views

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड हुदै, कसले कति कित्ता पाउने भए हेर्नुहोस् पूरा समाचार

काठमाडौं । साउन १६ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट गर्ने तयारी रहेको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले प्रि– अलोटमेण्ट सम्पन्न गरि अन्तिम बाँडफाँटको लागि मंगलवारको तयारी रहेको जानकारी दिएको हो ।

यस कम्पनीको आईपीओमा ४ लाख २८ हजार १५३ जनाको आवेदन परेको थियो । यी आवेदकहरुले १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको माग गर्दै आवेदन दिएका छन् । जुन मागभन्दा  ५ दशमलव २४ गुणा बढी हुन आउद्ध । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो । 

सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत कम्पनीले विक्री गरेको हो ।