Aug Mon 2020 07:51:46
660 views
राधानी काठमाडौं लगायत देशका सबै जिल्लाहरुमा कोरोनाको संक्रमण बढ्दो छ । सरकारी सेवा कार्यालयका कर्मचारीहरु र प्रहरीहरुमा कोरोनाको संक्रमण हुन थालेकोे छ । यो सँगै बैंकिङ क्षेत्रमा पनि कोरोनाको उच्च जोखिम देखिएको छ ।
४ महिना लकडाउनको अवधिमा नदेखिएको जोखिम यतिबेला बैंकिङ क्षेत्रमा देखिएको हो ।
एभरेष्ट बैंकको केन्द्रीय कार्यालयमै कार्यरत २ जना कर्मचारीमा कोरोना संक्रमण देखियो । त्यसपछि बैंकको केन्द्रीय कार्यालय नै सिल गरिएको अवस्था छ । एभरेष्टमामात्रै होइन काठमाडौं उपत्यकाबाहिरका विभन्नि ठाउँहरुमा रहेका बैंकका शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा पनि संक्रमण देखिएको छ ।
एनआइशी एशिया बैंक, सिभिल बैंक, ग्लोबल आइएमई बैंक लगायतका बैंकहरुको उपत्यका बाहिरका शाखामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै भने सिभिल बैंकमा संक्रमण देखिएको बुझिएको छ ।
सुरक्षा सतर्कता अपनाउदा अपनाउदै पनि संक्रमण देखिएपछि बैंकिङ क्षेत्र थप सजग हुनु पर्ने भन्दै सोमबार बैंकर्स संघका सदस्यहरुबीच छलफल समेत भएको छ ।
सोमबार भएको छलफलमा अधिकांशले बैंकका आंशिक शाखामात्रै खोलेर सेवा दिनु पर्ने धारणा राखेका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार बैंकहरुलाई अधिकांश बैंकरहरुलाई अधिकांश कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन दिएको छ ।