बैंक तथा वित्तीय संस्थालाई ५० प्रतिशत (आधा) कर्मचारीबाट सेवा दिन सरकारको निर्देशन

Aug Tue 2020 07:40:07

445 views

बैंक तथा वित्तीय संस्थालाई ५० प्रतिशत (आधा) कर्मचारीबाट सेवा दिन सरकारको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई आधा कर्मचारीबाट मात्र कार्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै कोरोना संक्रमण दिनहुँ बढी रहेको भन्दै सक्रमणको जोखिम न्यून गर्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ५० प्रतिशत कर्मचारीबाट कार्यसम्पादन गर्ने व्यवस्था गर्नु पर्ने बताएका छन् । ५० प्रतिशत कर्मचारीलाई पनि सिफ्टमा काम गर्ने व्यवस्था मिलाउनु पर्ने उनले बताए ।

बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।