‘वर्क फ्रम होम' बीमा कम्पनीले पनि ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय सञ्चालन गर्नुपर्ने

Aug Wed 2020 08:46:57

795 views

‘वर्क फ्रम होम'  बीमा कम्पनीले पनि ५० प्रतिशत कर्मचारीहरुबाट कार्यालय सञ्चालन गर्नुपर्ने

काठमाडौं । कोरोना संक्रमणको जोखिम काठमाडौंमा बढे पछि सरकारले आधा कर्मचारी राखेर मात्रै कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेको छ । यो सँगै बीमा कम्पनीले पनि ५० प्रतिशत कर्मचारीहरुलाई मात्रै कार्यालय बोलाएर काम गराउनुपर्ने भएको छ । बाँकी ५० प्रतिशत कर्मचारीहरुलाई भने ‘वर्क फ्रम होम’ गर्न बीमा समितिले निर्देशन दिने भएको छ ।

बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि पनि अब जोरविजोर प्रणाली लागू हुने भएको छ । बैंक तथा बीमा क्षेत्रलाई सरकारले अत्यावश्यक सेवा क्षेत्रको रुपमा राखेको छ ।

अत्यावश्यक क्षेत्रलाई जोरविजोर प्रणाली लागू नहुने भनिए पनि प्रहरीले भने पास माग्दै बैंक तथा बीमा कम्पनीका कर्मचारीहरुलाई बाटोमा रोक्ने गरेको छ ।