राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

Aug Wed 2020 05:49:32

राष्ट्र बैंकका कर्मचारीमा पनि कोरोना संक्रमण, मुद्रा व्यवस्थापन विभाग सिल

काठमाडौं। बैंकिङ कारोबारबाट कोरोना संक्रमण फैलिँदै जाँदा राष्ट्र बैंकका कर्मचारीमा पनि संक्रमण भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत सहायक तहको कर्मचारीमा बुधबार कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएसँगै उक्त विभागका कार्यरत सबै कर्मचारीहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।

केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा संक्रमण पुष्टि भएपछि बैंकले अत्यावश्यक कर्मचारीलाई मात्र कार्यालयमा उपस्थित हुन भनेको छ। सकेसम्म घरबाटै काम गर्नेगरी कार्ययोजना बनाइएको भट्टले बताए।