बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो अपरिस्कृत वित्तीय वितरण सार्वजनिक गर्न थालेका छन् । गत वर्षभन्दा केही ढिलो गरी सार्वजनिक गरेका बैंकहरूको वित्तीय विवरणले बैंकहरूको नाफा खुम्चिएको देखाएको छ ।
बैंकहरूको नाफा घटेसँगै सेयर धनीले पाउने लाभांश खुम्चने तथा कतिपयले बैंकहरूले यस वर्ष लाभांश दिनै नसक्ने अवस्था समेत आउने देखिएको छ ।
नविल बैंकको नाफा गत वर्ष ६ प्रतिशतले घट्योनविल बैंकले गत आर्थिक वर्ष २०७६–७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष कोरोना संक्रमणले व्यापार, व्यवसाय प्रभावित हुँदा नाफामा समेत कमि आएको हो । अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशत नाफा घटेको छ। बैंकको नाफा घटेपनि अन्य सूचकहरु भने राम्रै देखिएको छ ।
यस्तै, बैंकले गत वर्ष एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । १६ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रुपैयाँ कायम गराउन सफल भएको छ । त्यस्तै बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६–०७७ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २३.७३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।
गत वर्षको बैंकको वितरण योग्य मुनाफा ८२ करोड ३९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको खुद ब्याज आम्दानी ७.१९ प्रतिशत बढेर २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ पुगेको छ। ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकको निष्क्रिय कर्जा १.१३ प्रतिशतबाट बढेर १.४६ प्रतिशत पुगेको छ। यस्तै, बैंकको जगेडा कोषमा ३ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४७ करोड ५५ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । सो नाफा अघिल्लो आर्थिक वर्षभन्दा २२.२१ प्रतिशत कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ८९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म २ अर्ब ९ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड ४९ लाख रुपैयाँ अर्थात ७.३० प्रतिशत कम हो ।
नेपाल बैंकले आर्थिक वर्ष २०७६÷७७ मा दुई अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७५÷७६ मा भने बैंकले दुई अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।