कृषि विकास बैंकले सेयरधनीलाई १४.५२ प्रतिशत लाभांश दिने

Aug Sun 2020 10:49:46

2211 views

कृषि विकास बैंकले सेयरधनीलाई  १४.५२ प्रतिशत लाभांश दिने

काठमाडौ । कृषि विकास बैंकको खुद नाफा १७.२६ प्रतिशतले घटेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा अघिल्लो आवको तुलनामा ७२ करोड ३५ लाख रुपैयाँले खुद नाफा घटाएर ३ अर्ब ४६ करोड रुपैयाँमा सीमित गरेको हो । 

बैंकद्वारा सार्वजनिक गत आर्थिक वर्ष अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सो अवधिमा वितरण योग्य नाफा १ अर्ब ६६ करोड रुपैयाँ छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९८ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत आवको नाफाबाट  १४.५२ प्रतिशत लाभांश  सेयरधनीलाई लाभांश वितरण गर्न सक्ने देखिन्छ ।

यसैगरी अघिल्लो आवको तुलनामा प्रतिसेयर आम्दानी १८.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४० रुपैयाँ ४५ पैसा प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा ३२ रुपैयाँ ८८ पैसामा सीमित भएको छ ।

बैंकको खराबकर्जा अनुपात २.७१ प्रतिशत, कबेसरेट ९.२६ प्रतिशत र स्प्रेडरेट ४.४४ प्रतिशत छ ।