सहकारी बैंकको नाफा ६८ करोड, बैंकको खराब कर्जा ०.७० प्रतिशतमा

Aug Mon 2020 02:41:30

748 views

सहकारी बैंकको नाफा ६८ करोड, बैंकको खराब कर्जा ०.७० प्रतिशतमा

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । 

बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । 

 बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपुँजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ, बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो । 

हालसम्म गत आ.व.को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा बाणिज्य बैंकमा सिभिल बैंकको भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन  । 

७७ जिल्लाका सबैखाले सहकारी संघरसंस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघरसंस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ ।  बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन भने बैंकका अध्यक्ष के.वी.उप्रेती हुन  ।