१५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने बैंकहरु कुन कुन ?

Aug Mon 2020 02:58:59

1997 views

१५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने बैंकहरु कुन कुन ?

कोभिडको महामारीमा पनि ४ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ । तर नबिल बैंकले यो वर्ष ३०.१३ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको जनाएको छ ।

 १० अर्ब ९ करोड चुक्ता पुँजी भएको नबिलले ३ अर्ब ४ करोड रुपैयाँ लाभांश वितरण क्षमता रहेको  छ। नबिल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रहेको छ । अन्य बैंकहरूको भने यस्तो क्षमता २० प्रतिशत भन्दा पनि कम छ । एभरेष्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १८ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता रहेको छ । 

एभरेष्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १८ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता रहेको छ ।  ८ अर्ब ५१ करोडे चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

नबिलपछि नेपाल बैंकको वितरण योग्य मुनाफा बढी रहेको छ । नेपाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड छ भने २ अर्ब २१ करोड वितरण योग्य मुनाफा रहेको छ ।

आठ अर्ब एक करोड चुक्ता पुँजी रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरण योग्य नाफा एक अर्ब ५१ करोड रहेको छ । 

एनआईसी एशिया बैंकले पनि १४.८९ प्रतिशत लाभांश आफ्ना सेयर धनीलाई दिन सक्ने भएको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने वितरण योग्य मुनाफा एक अर्ब ४४ करोड रहेकोले सेयर धनीलाई करिब १५ प्रतिशतभन्दा केही कम लाभांश दिने क्षमता बैंकले राखेको हो । 

कृषि विकास बैंकले पनि १४.५२ प्रतिशत लाभांश दिने भएको छ । कृषि विकास बैंकसँगमा १४ अर्बको चुक्ता पुँजीमध्ये ६ अर्ब रुपैयाँ अग्राधिकार सेयर हो । जसको लाभांश ६ प्रतिशतमात्र हुने निश्चित गरिएको छ । 

२७ वाणिज्य बैंकमध्ये १४ वटा बैंकको वितरण योग्य मुनाफा अर्बभन्दा माथि रहेको छ भने १० बैंकको वितरणयोग्य नाफा ५० करोडभन्दा बढी र ३ वटा बैंकको यस्तो नाफा सोभन्दा कम रहेको छ । नेपाल बंगलादेश बैंक, सिभिल बैंक र र सेन्चुरी बैंकको मुनाफा ५० करोडभन्दा तल रहेको छ ।