नबिल बैंकले ३० प्रतिशतभन्दा बढी लाभांस बोनश बाँडन सक्ने

Aug Mon 2020 12:29:35

नबिल बैंकले ३० प्रतिशतभन्दा बढी लाभांस बोनश बाँडन सक्ने

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई ३० प्रतिशत भन्दा बढी लाभांश बाँड्न नपाउने व्यवस्था गरेको छ । तर नबिल बैंकले यो वर्ष ३०.१३ प्रतिशत लाभांश दिनसक्ने क्षमता रहेको जनाएको छ ।

 १० अर्ब ९ करोड चुक्ता पुँजी भएको नबिलले ३ अर्ब ४ करोड रुपैयाँ लाभांश वितरण क्षमता रहेको  छ। नबिल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रहेको छ । अन्य बैंकहरूको भने यस्तो क्षमता २० प्रतिशत भन्दा पनि कम छ । एभरेष्ट, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १८ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता रहेको छ । 

२७ वाणिज्य बैंकमध्ये १४ वटा बैंकको वितरण योग्य मुनाफा अर्बभन्दा माथि रहेको छ भने १० बैंकको वितरणयोग्य नाफा ५० करोडभन्दा बढी र ३ वटा बैंकको यस्तो नाफा सोभन्दा कम रहेको छ । नेपाल बंगलादेश बैंक, सिभिल बैंक र र सेन्चुरी बैंकको मुनाफा ५० करोडभन्दा तल रहेको छ ।