काठमाडौं । नेपाल सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि यो ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको अर्थ मन्त्री डा। युवराज खतिवडाले जानकारी दिएका छन् ।
नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब रुपैयाँ अनुदान समेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको खतिवडाले बताए ।
चाल आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने योजना बनाएको छ । वैदेशिक अनुदान भने ६० अर्ब ५२ करोड प्राप्त हुने प्रक्षेपण रहेको छ ।